राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेका लागि आह्वान

राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेका लागि आह्वान

सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेका लागि आह्वान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को आजको बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । 

    सोही अनुसार, राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । 

    भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक पहिलोपटक बस्न लागेको हो । आन्दोलनपछि अन्तरिम सरकार बन्यो र प्रतिनिधिसभा विघटन गर्‍यो । 

    अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए ।
    सरकारले राष्ट्रिय सभाको बैठक सिंहदरवारमै राख्ने तयारी गरेको छ । 

    जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन समेत जलेको छ । वैकल्पिक रुपमा सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij