काठमाडौँ । नेपाल प्रहरीका १६ जना डीएसपी प्रहरी एसपीमा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुने सूचीको पहिलो नम्बरमा पुष्पराज मल्ल छन् । त्यसैगरी धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा बढुवा सिफारिस भएका छन् ।
सिफारिसमा पर्ने अन्यमा बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाण, श्यामु अर्याल, भरत लामा रहेका छन् । त्यसैगरी सागर बोहरा, रामकुमार दानी र छेदीलाल कामती लाई बढुवा सिफारिस गरिएको छ ।
त्यस्तै हरि बहादुर ओली, प्रदीप कुमार सिंह र दिपक भारती पनि एसपीमा बढुवा सिफारिसमा परेको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

