बिहार विधानसभा : एनडीए गठबन्धनलाई दुई तिहाइ, भाजपा पहिलो दल

बिहार विधानसभा : एनडीए गठबन्धनलाई दुई तिहाइ, भाजपा पहिलो दल

शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • बिहार विधानसभा : एनडीए गठबन्धनलाई दुई तिहाइ, भाजपा पहिलो दल

    काठमाडौं । भारतको बिहार विधानसभाका लागि भएको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । कुल दुई सय ४३ सिटका लागि भएको मतदानको मतगणना गएराति सम्पन्न भएको हो । जसमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले दुई तिहाई मत प्राप्त गरेको छ ।

    एनडीए गठबन्धनले दुई सय दुई सिट जितेको छ । त्यस्तै, भारतीय जनता पार्टी (भाजपा) पहिलो दल बनेको छ । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले सबैभन्दा धेरै ८९ ठाउँमा जीत निकालेको छ । दोस्रो स्थानमा रहेको जनता दल युनाइटेडले ८५ सिट जित्यो ।

    कांग्रेस नेतृत्वको महागठबन्धन र राष्ट्रिय जनता दल (आरजेडी) ३४ सिटमा सिमित भएको छ । अन्यले सात सिट जितेका छन् । बिहार विधानसभा चुनावका लागि गएको नोभेम्बर ६ र ११ तारिखमा गरी दुई चरणमा मतदान भएको थियो । बिहारमा यस पटक कीर्तिमानी ६७.३ प्रतिशत मत खसेको थियो । यो मत सन् १९५१ पछिकै सबैभन्दा धेरै हो ।

    यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा चुनाव आफ्नो पक्षमा देखिएको बताएका छन् । उनले यो जीतलाई ‘सुशासनको जीत’ भनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij