दिल्लीमा लाल किल्ला नजिकै कार विस्फोट, ११ जनाको मृत्यु,, विभिन्न सहरमा अलर्ट जारी

दिल्लीमा लाल किल्ला नजिकै कार विस्फोट, ११ जनाको मृत्यु,, विभिन्न सहरमा अलर्ट जारी

सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • दिल्लीमा लाल किल्ला नजिकै कार विस्फोट, ११ जनाको मृत्यु,, विभिन्न सहरमा अलर्ट जारी

    काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै भएको कार विस्फोटन भएको छ । विस्फोटमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ भने २४ जना घाइते भएका छन् ।

    भारतीय समयअनुसार साँझ ६:५५ फोन गरेर लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक कार विस्फोटन भएको भनिएको थियो। त्यसपछि छ वटा गाडीमा आगो लागेको थियो । 

    सातवटा दमकल गाडी घटनास्थलमा पठाइएको थियो। प्रहरीको टोलीले सम्पूर्ण क्षेत्र घेराबन्दी गर्दै सहरभर उच्च सतर्कता जारी गरेको छ।

    कार विस्फोटको खबर आएपछि सातवटा दमकल घटनास्थल पठाइएका थिए। दिल्ली प्रहरीले गेट नम्बर १ र ४ बाट प्रवेश गर्ने र निस्कने बाटो बन्द गरेको छ। मेट्रो सेवा भने सामान्य रूपमा सञ्चालन भइरहेको छ।

    विस्फोट भएको कारमा २–३ जना थिए। गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। फरेन्सिक टोलीले नमूना संकलन गरिरहेको छ।

    विस्फोटपछि दिल्लीमा उच्च सतर्कता जारी गरिएको छ। महाराष्ट्र, कोलकाता र उत्तर प्रदेशमा पनि सुरक्षा सतर्कता बढाइएको छ।

    हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै एक वरिष्ठ अधिकारीले भने, ‘विस्फोट सडकमा गुडिरहेको कारमा भयो। घटनास्थलमा कुनै खाल्डो छैन, त्यसैले यसलाई बम विस्फोट भन्न सकिँदैन। साथै, अहिलेसम्म बम विस्फोटहरूमा सामान्य हुने पेलेट वा स्प्लिन्टरका चोटहरू पनि रिपोर्ट भएका छैनन्।’ 

    उनले विस्फोटको स्रोत बनेको कारमा दुईदेखि तीन जना यात्रु रहेको र त्यो पूर्ण रूपमा ध्वस्त भएको जानकारी दिए। फरेन्सिक टोलीले नमूनाहरू संकलन गरिरहेको उनले थपे। विशेष सेलका अर्का वरिष्ठ अधिकारीले भने, ‘कुनै स्प्लिन्टर, छर्रा, तार वा रसायन फेला परेनन्। कुनै संदिग्ध भग्नावशेष पनि भेटिएन।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij