छठ घाटका लागि काठमाडौं महानगरले तोक्यो ८ ठाउँ

छठ घाटका लागि काठमाडौं महानगरले तोक्यो ८ ठाउँ

शनिवार, कार्तिक ८ २०८२
शनिवार, कार्तिक ८ २०८२
  • छठ घाटका लागि काठमाडौं महानगरले तोक्यो ८ ठाउँ

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन घाटका लागि आठ वटा ठाउँ तोकेको छ ।

    काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आज पत्रकार सम्मेलनको आयोजना गरी कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल मैदान र रामघाटमा छठ मनाउनका लागि ठाउँ तोकिएको जानकारी दिए ।

    यी ठाउँहरूमा महानगरले सरसफाइको काम शुरू गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए । उनका अनुसार तीन सय जनाभन्दा धेरै सरसफाइकर्मी खटिएका छन् ।

    काठमाडौं महानगरले छठ पर्व मनाउनका लागि कुनै कमी नहुने गरी व्यवस्थित रूपमा तयारी गरिरहेको उनले जानकारी दिए । छठ पर्वका नाममा ताल पोखरीमा पैसा उठाउन नपाउने पाण्डेले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij