रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको मृत्यु

शुक्रवार, कार्तिक ७ २०८२
शुक्रवार, कार्तिक ७ २०८२
  • रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको मृत्यु

    काठमाडौं । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिका–स्यालाखदीतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार रा १ ज ४२२ नम्बरको उक्त जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भीरमा दुर्घटना भएको हो ।

    दुर्घटनास्थल सदरमुकाम खलंगाबाट करिब ३५ किलोमिटर टाढा पर्छ । हालसम्म ५ जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ भने जिपमा कति जना सवार थिए भन्ने विवरण भने खुल्न बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij