काठमाडौँ । सोलुखुम्बुमा भएको जिप दुर्घटनामा तीन जनाको ज्यान गएको छ । बिहीबार साँझ करिब साढे ७ बजे माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिका जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको हो ।
माप्य दूधकोशी गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भिरकुनामा जिप सडकबाट करिब ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले । प्रहरीका अनुसार दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।
खुम्बुबाट महाकुलुङ जाँदै गरेका यात्रु लिन माप्य पुगेको जिप फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ । रातिको घटना भएकाले मृतकहरूको पहिचान गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइतेहरूलाई वाकु अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।