काठमाडौं । गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा बुधबार तीन युवकको नदीमा डुबेर मृत्यु भएको छ ।
मृतकहरू मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे मूर्ति विसर्जनका लागि गएका उनीहरू नदीमा बेपत्ता भएका थिए । स्थानीयवासी र प्रहरीको खोजीपछि करिब २०० मिटर तल उनीहरूको शव फेला परेको बताइएको छ ।