थापाथलीबाट बच्चा चोर्ने महिलाविरुद्ध अपहरणको मुद्दा

थापाथलीबाट बच्चा चोर्ने महिलाविरुद्ध अपहरणको मुद्दा

आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • थापाथलीबाट बच्चा चोर्ने महिलाविरुद्ध अपहरणको मुद्दा

    काठमाडौं । थापाथलीबाट बच्चा चोर्ने महिलाविरुद्ध अपहरणको मुद्दा दायर भएको छ । थापाथलीको प्रसूती गृहबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महाबु गाउँपालिका–६ की मान कुमारी सिंहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

    न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा मानकुमारीको बयान भइरहेको छ । मानकुमारीले अपहरण तथा शरीर बन्धकको कसुर गरेको भन्दै मुलुकी फौजदारी अपराध संहिताको दफा २१३ बमोजिम सजाय माग दाबी गरिएको छ ।

    ११ फागुनमा १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु मानकुमारीले चोरी गरेर लगेको आरोप छ ।  प्रहरीले सोही राति १२ बजेतिर काँडाघारीबाट ती महिलालाई पक्राउ गरेको थियो भने शिशुको उद्दार गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij