बालेन र सुदनविरुद्ध अनेरास्ववियुले दियो प्रहरीमा जाहेरी

बालेन र सुदनविरुद्ध अनेरास्ववियुले दियो प्रहरीमा जाहेरी

मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • बालेन र सुदनविरुद्ध अनेरास्ववियुले दियो प्रहरीमा जाहेरी

    काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा उजुरी दिएका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंमा मेयर बालेन र सुदनविरूद्ध उजुरी दिएको र प्रहरीले सरकारी वकिलको कार्यालयसँग छलफल गरेर दर्ता गर्ने नगर्ने २४ घण्टामा खबर गर्ने बताएको छ ।

    भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो भने प्रहरीको पनि कुटपिटबाट मृत्यु भएको थियो । मेयर बालेन र हामी नेपालका सुदनको तोडफोड, आजगनी र प्रहरीको कुटपिट गरि मृत्यु भएको घटनामा कुनै न कुनै रूपमा भूमिका रहेको दाबीसहित अनेरास्ववियुले उजुरी दिएको बताइएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij