प्रधानमन्त्री कार्कीको दाबी- ‘भ्रष्टाचारसम्बन्धी आयोग बन्छ’

प्रधानमन्त्री कार्कीको दाबी- ‘भ्रष्टाचारसम्बन्धी आयोग बन्छ’

मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • प्रधानमन्त्री कार्कीको दाबी- ‘भ्रष्टाचारसम्बन्धी आयोग बन्छ’

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने बताएकी छन् । आन्दोलनको म्याण्डेट नै भएकाले यो आयोग आवश्यक पर्ने उनले उल्लेख गरेकी हुन् ।

    उक्त आयोगले अनुसन्धान गरेर अर्को सरकारका लागि सहज हुने आधार तयार गरिदिने उनले बताइन् ।

     

    ‘कति भ्रष्टाचार भएको छ । अनियमितता भएको छ त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पुर्‍यायौँ भने सरकारले काम गर्न सक्छ । तर हामी बाटो चाहिँ बनाउँछौँ’ प्रधानमन्त्री कार्कीले भनिन् ।

    जेन जेड आन्दोलनको दमन जाँचबुझका लागि तीन सदस्यीय आयोग बन्ने जानकारी दिएकी छन् । उनले सुरुमा एक महिनाको समय दिने र नसकिएको अवस्थामा थप १५ दिन समय उपलब्ध गराउने जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको थियो ।

    सरकारको कार्यकाल नै ६ महिनाको भएकाले यो अवधिमा अधिकतम काम गर्ने उद्देश्य रहेको उनले बताएकी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij