राष्ट्रियसभा अध्यक्ष दाहालले भेटे प्रधानमन्त्री कार्कीलाई, के भयो कुराकानी ?

राष्ट्रियसभा अध्यक्ष दाहालले भेटे प्रधानमन्त्री कार्कीलाई, के भयो कुराकानी ?

मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • राष्ट्रियसभा अध्यक्ष दाहालले भेटे प्रधानमन्त्री कार्कीलाई, के भयो कुराकानी ?

    प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेट भएको हो । 

    भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भयो ।

    सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए । 

    भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij