मन्त्री बन्न डा. रुइत अनिच्छुक, स्वाथ्यमन्त्रीमा प्रधानमन्त्रीको प्रस्ताव

मन्त्री बन्न डा. रुइत अनिच्छुक, स्वाथ्यमन्त्रीमा प्रधानमन्त्रीको प्रस्ताव

मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • मन्त्री बन्न डा. रुइत अनिच्छुक, स्वाथ्यमन्त्रीमा प्रधानमन्त्रीको प्रस्ताव

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसंग छलफल गरेका छन् । मंगलबार तिलगंगा आखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसंग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेका हुन् ।

     

    प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफुले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा रुइतसंग आग्रह गरेका थिए । जवाफमा डा रुइतले आफुले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । छलफलपछि डा रुइतले आफुले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताएका थिए ।

    जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफु चिकित्सकीय पेशामार्फत नागरिकको सेवामा तल्लिन हुने बताउदै आएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij