काठमाडौं । भारतमा भएको सवारी दुर्घट्नामा परेर एकै परिवारका तीनसहित चार नेपालीको ज्यान गएको छ । हिमाञ्जल प्रदेश सिमला जिल्लाको कोटखाई नजिक भएको सो दुर्घटनामा थप दुई नेपाली घाईते भएका छन् ।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। सो दुर्घट्नामा एक भारतीयको पनि मृत्यु भएको छ।
मृत्यु हुने भारतीयमा गाडी चालक जोगिन्दर सिंह रहेको भारतीय प्रहरीले जनाएको छ। दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो।
यसबीच, मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुस्ख व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारसँग सरकार सधैं रहने र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन्।