संयुक्त छलफलमा जुटे मुख्य चार राजनीतिक दलका युवा नेता

संयुक्त छलफलमा जुटे मुख्य चार राजनीतिक दलका युवा नेता

बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • संयुक्त छलफलमा जुटे मुख्य चार राजनीतिक दलका युवा नेता

    काठमाडौं- मुख्य चार राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा जुटेका छन् ।

    जेन-जीको आन्दोलनपछिको परिस्थितिमा चारवटै दल आन्तरिक छलफलमा छन् । आन्तरिक छलफलको निष्कर्षका आधारमा युवा नेताहरू संयुक्त छलफलमा जुटेका हुन् ।

    स्रोतका अनुसार नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी र रास्वपाको तर्फबाट सोबिता गौतम र शिशिर खनाल भर्चुअल संवादमा छन् ।

    चारवटै पार्टीको आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुटेका उनीहरूले तीनबुँदे निष्कर्षसमेत निकालेका छन् ।

    पहिलो : दलहरूले आत्मसमीक्षा गर्नुपर्छ ।

    दोस्रो : जेनजीका माग सम्बोधन हुनुपर्छ ।

    तेस्रो : पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्छ ।

    छलफलमा सहभागी एक नेताका अनुसार यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत भएको छ ।

    राजनीतिक दलहरूको व्यवहार सही नभएको, नेतृत्वले जनतालाई सेवा प्रवाहमा परेको अप्ठ्यारो महसुस गर्न नसकेको जेनजीको बुझाइमा समर्थन जनाउँदै यी विषयमा आत्मसमीक्षा गर्नुपर्नेमा उनीहरू एकमत रहेका छन् ।

    यसका साथै जेनजीले सुशासन र भ्रष्टाचार नियन्त्रण चाहेका छन् । यी माग सम्बोधन गर्नुपर्ने र यसका लागि आवश्यक नीति र निर्णय हुनुपर्नेमा पनि उनीहरू सहमत रहेका छन् ।

    कुनै शक्तिले नेपाललाई पश्चगमनमा फर्काउन खोजे प्रतिवाद गर्नुपर्ने पनि उनीहरूको साझा निष्कर्ष छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij