काठमाडौं । पूर्व प्रधानन्यायधीस शुशिला कार्कीलाई आगामी सरकारको नेतृत्व गर्नका लागि जेनजीले सिफारिस गरेका छन् । सो निर्णयलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि समर्थन जनाएका छन् ।
जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए ।
आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्ताव जेनजी प्रतिनिधिहरूले सेनाप्रमुख अशोक सिग्देलसमक्ष राखेका छन।
जसलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन्। बुधबार जंगीअड्डामा भएको छलफलमा कार्कीको पक्षमा बलियो समर्थन देखिएको छ । तरजंगीअड्डा बाहिर केही युवाहरूले नाराबाजी गर्दै विरोध जनाएका छन्
धेरैले बालेनलाई पनि नेतृत्वका लागि प्रस्ताव गरे तर उनी प्रत्यक्ष सम्पर्कमा नआएको गुनासो उठेको छ। मंगलबार बेलुकी उनले सामाजिक सञ्जालमार्फत जेनजीलाई सेनासँग वार्ताका लागि तयार रहन आग्रह गरेका थिए।
आन्तरिक विवादका बीच ‘रक्षा बम’ नेतृत्वको समूह बैठक छाडेर बाहिरिए पनि अन्ततः कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति कायम भएको सहभागीहरूले बताएका छन्।