भाटभटेनीमा लागेको आगो सेनाको अगुवाइमा निभाउन सुरु

भाटभटेनीमा लागेको आगो सेनाको अगुवाइमा निभाउन सुरु

बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • भाटभटेनीमा लागेको आगो सेनाको अगुवाइमा निभाउन सुरु

    सुरुङ्गा  ।  यहाँको बिर्तामोड–३ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो २४ घण्टा बित्दासमेत नियन्त्रणमा नआएपछि सेनाले निभाउन सुरु गरेको छ ।

    सेनाको चारआलीस्थित अरिदमन गणको अगुवाइमा आगलागी निभाउने प्रयास भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । २४ गते मंगलबार अपराह्न ४ बजे भेला भएका केही व्यक्तिले भाटभटेनी सुपरमार्केट तोडफोड गर्दै  आगजनी गरेका थिए । जसका कारण हिजोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । 

    बिर्तामोड नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाली सेनाले भाटभटेनीमा लागेको आगो निभाउन सुरु गरेको हो । पाँचतले भवनको पहिलो तलाबाट नेपाली सेनाले आगलागी निभाउने प्रयास सुरु गरेको छ ।

    आगलागी हुँदा भएको क्षतिबारे अहिले भन्न नसकिने प्रजिअ अधिकारीको भनाइ छ । आगलागी निभाउने काम सुरु गरेसँगै नेपाली सेनाले पूर्वपश्चिम राजमार्गको भगवान् चोकपूर्वदेखि विर्तामोड बजार क्षेत्रसम्म आवतजावतमा पूर्ण रुपमा रोक लगाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij