काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

    काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो ।

    शुरक्षाको कारण देखाउँदै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल  सुरक्षा फौजलाई खबर सेनाले आग्रह गरेको छ ।

     काठमाडौंका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।  यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij