काठमाडौं । नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जनालाई पक्राउ गरेको छ। मंगलबार सेनाले बानेश्वरको बैंक लुट्ने पाँच जनालाई पक्राउ गरेको हो ।
मंगलबार राति १० बजेदेखि देशभरी सेना खटिसकेको छ। यसबीच आपराधिक तथा अपराजक गतिविधि बढ्न सक्ने भन्दै नेपाली सेनाको जंगी अड्डाले दुइटा हटलाइन नम्बर जारी गरेको छ।
सेनाले ०१–५९७९२२३ र ०१–५९७९२२४ मा सम्पर्क गर्न सकिने जनाएको छ।