नेपाल टेलिभजनमा पनि प्रदर्शनकारीले गरे आगजनी

नेपाल टेलिभजनमा पनि प्रदर्शनकारीले गरे आगजनी

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • नेपाल टेलिभजनमा पनि प्रदर्शनकारीले गरे आगजनी

    काठमाडौं । नेपाल टेलिभजनमा प्रदर्शनकारीले लुटपाट र आगजनी गरेका छन् । मंगलबार उनीहरूले सिंहदरवारभित्र रहेको नेपाल टेलिभजनमा पनि आगो लगाएका हुन् । 

    उनीहरूले नेपाल टेलिभिजनबाट स्टुडियोका सामानहरू, माइक्रोफोन, टेलिभिजन सेटहरू लुटपाट समेत गरेका छन् । 

    प्रदर्शनकारीले रामशाहस्थित महान्यायाधीवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयसमेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा९एमाले० अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा९माओवादीकेन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी गरिएको छ ।

    एमालेका नेता गोकुल बास्कोटा, महेश्व बस्नेत, महेश बर्तौलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ । आन्दोलनकारीले केही नेताहरूलाई पनि हातपात गरेको सूचना प्राप्त भएको छ । देशका मुख्य शहरहरूका महत्त्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीबाट क्षति पुर्‍याइएको छ ।

    जेन्जी पुस्ताको प्रदर्शनीमा प्रहरी कारवाहीमा होनाहार १९ युवा मारिएपछि प्रदर्शनीले उग्ररुप धारणा गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij