काठमाडौं । जेन–जी प्रदर्शनकारीले घरमा आगो लगाउँदा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी छिन्।
उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्याइएको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
प्रदर्शनकारीले मंगलबार बिहान आगो लगाएका थिए। उनी घरभित्रै रहेका बेला प्रदर्शनकारीले आगो लगाएका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनाललाई भने नेपाली सेनाले घर आगजनीअघि नै उद्धार गरेको थियो।