त्रिभुवन विमानस्थल बन्द, काठमाडौंबाट हुने सम्पूर्ण उडान स्थगित

त्रिभुवन विमानस्थल बन्द, काठमाडौंबाट हुने सम्पूर्ण उडान स्थगित

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • त्रिभुवन विमानस्थल बन्द, काठमाडौंबाट हुने सम्पूर्ण उडान स्थगित

    काठमाडौं । राजधानी काठमाडौंबाट हुने सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हाललाई बन्द गरिएको छ ।

    विमान कम्पनीहरूको आपतकालीन बैठकपछि उडान स्थगित गर्ने निर्णय गरिएको एक विमान कम्पनीका अधिकारीले जानकारी दिएका छन् ।

    जेनजी आन्दोलन देशव्यापी रूपमा चर्किँदै गएको, विशेषगरी काठमाडौं उपत्यकामा हिंसात्मक प्रदर्शन भइरहेकाले सुरक्षाको कारण देखाउँदै उडान बन्द गरिएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता उच्च बनाइएको छ भने यात्रुहरूलाई तत्कालका लागि यात्रा योजना स्थगित गर्न आग्रह गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij