भक्तपुर । विश्व मृगौला दिवस २०८० विभिन्न कार्यक्रम गरि मनाइएको छ । अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार मनाइने उक्त दिवस यसपटक आज परेको थियो । “मृगौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने मुल नाराको साथ विभिन्न कार्यक्रम गरी आज उक्त दिवस मनाइएको हो ।
प्रत्येक १० जना मध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्दछ र विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मृगौला दिवसको आयोजना गर्ने गरिन्छ ।
सोही जनचेतना बाँड्ने क्रमलाई निरन्तरता दिन यस पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, अंग प्रत्यारोपण समाज नेपाल, स्वास्थ्य अभियान नेपाल, नेशनल किड्नी सेन्टरले संयुक्त रुपमा प्रभातफेरि आयोजना गरेको थियो ।

त्यस्तै, काठमाडौं उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरु ग्राण्डी इन्टरनेशनल अस्पताल, नर्भिक अन्तराष्ट्रिय अस्पताल, नेपाल मेडिसिटी अस्पताल, स्तिष्क मृत्यु पश्चात अंग दान गराउने अस्पतालहरु कान्तिपुर अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, नेपाल कोरिया मैत्र अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र मध्यपुर अस्पताल आदि पनि प्रभातफेरिको आयोजकको रुपमा रहेका थिए । उक्त प्रभातफेरि विहान ७ः४५ मा काठमाडौंको शान्तीवाटीकाबाट दशरथ रङ्गशालासम्म गएको थियो ।

प्रभातफेरी कार्यक्रमको भक्तपुर जिल्लाका संसाद प्रेम सुवालले उद्घाटन गरेका थिए । प्रभात फेरी कार्यक्रममा सांसद तोसिमा कार्की, रन्जु झा, संविधान सभा सदस्य भिम्सेन दास प्रधान, पुर्व मुख्य सचिव लिलामणी पौड्यल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ, चिकित्सा विज्ञान अध्ययन संस्थानका उपकुलपती प्रा.डा भुपेन्द्र बस्नेत र वरिष्ठ मृगौला रोग विशेषज्ञ डा ऋषि काफ्लेको उपस्थिति रहेको थियो ।
प्रभातफेरिमा त्रिविका निर्देशक प्रा.डा. दिनेश काफ्ले, वीर अस्पतालका निर्देशक सन्तोष पौड्यल लगायत अङ्ग प्रत्यारोपण गर्ने अस्पतालका प्रमुख तथा प्रतिनिधि, मस्तिष्क मृत्यु पश्चात अङ्ग दान गराउने अस्पताका प्रतिनिधि, विशिष्ट अतिथिहरु, विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरु, अङ्ग फेल भएका विरामी तथा प्रत्यारोपित लगायत अन्य सर्वसाधारण सहित करिव एक हजार जनाको सहभागीता रहेको थियो ।

विश्व मृर्गौला दिवसको उपलक्ष्यमा १४ औं नेपाल प्रत्यारोपण खेलकुदमा फुटबल खेलको आयोजना गरिएको थियो । उक्त खेलको उद्घाटन उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गरेका थिए ।