काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । काठमाडौँको बोहोराटार स्थित निजी निवासमा आगजनी भएको हो ।
मंगलबार मध्याह्न काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित राष्ट्रपति पौडेल निवासमा आगजनी भएको हो। घरको छतमा धुवाँको मुस्लो छ। प्रदर्शनकारीहरूले घर घेरेका छन्
जेनजीहरुले सोमवारदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा सुशासनलगायत माग गर्दै प्रदर्शन जारी राखेका छन् ।