कर्फ्यू तोडेर संसद भवन अगाडि बिहानैदेखि जेनजीको प्रदर्शन

कर्फ्यू तोडेर संसद भवन अगाडि बिहानैदेखि जेनजीको प्रदर्शन

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • कर्फ्यू तोडेर संसद भवन अगाडि बिहानैदेखि जेनजीको प्रदर्शन

    काठमाडौं– बिहान ८ः३० देखि अनिश्चितकालका लागि जारी गरेको कर्फ्यु आदेश तोड्दै जेनजी पुस्ता भ्रष्टाचारबिरोधी आन्दोलनमा सक्रियताका साथ निस्किएका छन्।

    उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन्।

    १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन्।

    बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ। 

    हतियारधारी राज्यको प्रवाह नगरी यो पुस्ता भ्रष्टाचारबिरोधी आन्दोलनमा निस्किएको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij