भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले भक्तपुरमा बिहान ८ः३० बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको छ ।
