मन्त्रिपरिषद् बैठक : सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नखोल्ने केपीको अडान

मन्त्रिपरिषद् बैठक : सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नखोल्ने केपीको अडान

सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • मन्त्रिपरिषद् बैठक : सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नखोल्ने केपीको अडान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध नहटाउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले यस्तो धारणा राखेका हुन् । 

    प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने बताए । जेनजीको आन्दोलनमा घुसपैठ भएको भन्दै अराजकता मच्चाउन खोज्नेहरूको चाहना पूरा गर्न नदिने ओलीको भनाइ  छ । 

    बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij