काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने भएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्रीले राजीनामा दिने तयारी गरेका हुन्।
आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भएका कारण नैतिकताका आधारमा पदमा नबस्ने भएका हुन् ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।