भोलिदेखि स्कुल, कलेज  अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा

भोलिदेखि स्कुल, कलेज  अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा

सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • भोलिदेखि स्कुल, कलेज  अनिश्चितकालका लागि बन्द गर्ने  जेन जीको घोषणा

    काठमाडौं । जेन जीले भोलिदेखि स्कुल, कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द घोषणा गरेको छ । सोमबार राजधानी लगायत देशका विभिन्न ठाउँमा आयोजित जेन जी पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनका क्रममा दर्जनभन्दा बढी युवाहरूको हत्या गरेपछि जेन जीले शैक्षिक हड्तालको घोषणा गरेको हो । 

    आन्दोलनको संयोजन गरिरहेको हामी नेपाली समूहले भनेको छ, ूआज हाम्रो देशले नसोचेको कुराको साक्षी बन्नु पर्‍यो । स्कुल युनिफर्ममै रहेका विद्यार्थीहरूलाई बर्बरपूर्ण तरिकाले मारिएको छ । हामी शान्तिपूर्ण प्रदर्शनका लागि एक ठाउँमा आएका थियौँ । तर सरकारले युवाहरलाई सुन्नुको सट्टा हिंसामार्फत हाम्रो आबाज नै दबाउने तर्फ अघि बढ्यो ।

    जेन जीले भोलिदेखि कक्षामा कुनै पनि विद्यार्थी सहभागी नहुने र सम्पूर्ण स्कुल, कलेज र विश्वविद्यालय अनिश्चित कालका बन्द हुने घोषणा गरेका छन् । ूयो केवल हडताल मात्र होइन, यो एउटा अडान हो । बर्बरता विरुद्धको एउटा अडान । न्यायका लागि अडान हो । अनि नेपाली युवाहरूको भविष्य रक्षाको अडान हो ।ू

    आत्मसमर्पण अस्वीकार्य रहेको भन्दै जेन जीले युवाहरूलाई बेवास्ता गरिरहने स्थितिको अन्त्य हुनुपर्ने कुराको सुनिश्चितता खोजेको छ । ूयी हत्याहरूको स्पष्ट जवाफ सरकारले नदिएसम्म यो बन्द जारी रहनेछ,ू जेन जीले भनेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij