जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति

जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति

आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति

    काठमाडौं । भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ । भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूले भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका छन् ।

    निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी सो प्रदर्शन आयोजना गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । कार्यक्रममा युवाहरूको स्वतन्त्र सहभागिता रहने संयोजक सबल गौतम र पुरुषोत्तम यादवले जानकारी दिए । उनीहरूले शान्तिसुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

    २८ वर्षभन्दा कम उमेर समूहका युवाहरूले सामाजिक सञ्जाल बन्दको समेत विरोध गर्ने बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij