टेनेक्स हाइड्रो होल्डिङ्ग लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न, यस्ताे छ नयाँ सञ्चालक समिति

टेनेक्स हाइड्रो होल्डिङ्ग लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न, यस्ताे छ नयाँ सञ्चालक समिति

शनिवार, भाद्र २१ २०८२
शनिवार, भाद्र २१ २०८२
  • टेनेक्स हाइड्रो होल्डिङ्ग लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न, यस्ताे छ नयाँ सञ्चालक समिति

    भक्तपुर । टेनेक्स हाइड्रो होल्डिङ्ग लिमिटेड (साविक राइजिङ हाइड्रोपावर) को १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज भक्तपुरस्थित होटल भादगाउँमा कार्यक्रम आयाेजना गर्दै कम्पनीले साधारणसभा सम्पन्न गरेकाे हाे ।  

    सेयरधनीहरूकाे उल्लेखनीय सहभागिता रहेकाे सभाले विभिन्न महत्वपूर्ण एजेन्डा सर्वसम्मतिले पारित गरेको छ । आ.व. २०८१/८२ को आर्थिक प्रतिवेदन, अडिटरको प्रतिवेदन, नगद प्रवाह विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गर्दै कम्पनीले आगामी दिनमा प्राथमिक सेयर (IPO) निष्कासन गर्ने निर्णय गरेको छ । सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी पनि दिइएको छ ।

    यस्तै, आगामी आ.व. २०८२/८३ का लागि अडिट कार्य पि. कुँवर एण्ड एशोसिएट्सलाई जिम्मा दिने र कम्पनीको सञ्चालन सुदृढ बनाउन नयाँ सञ्चालक समिति चार वर्षका लागि चयन गर्ने निर्णय पनि सर्वसम्मतिले पारित गरिएको छ।

    नयाँ सञ्चालक समिति (४ वर्षका लागि)

    अध्यक्ष : शंकर बहादुर घिमिरे

    प्रबन्ध निर्देशक : लिलामणि पाठक

    सञ्चालक : अमिर केसी

    सञ्चालक : डा. बौवालाल शाह

    सञ्चालक : स्नेहा मास्के

    स्वतन्त्र सञ्चालक : डा. विजय प्रकाश सैजु

    साधारणसभाले कम्पनीलाई अझ सबल बनाउन विभिन्न जलविद्युत् परियोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले यी निर्णयमार्फत आफ्नो आर्थिक क्षमता विस्तार गर्ने, सेयरधारकलाई दीर्घकालीन लाभ दिलाउने र नेपालको ऊर्जा क्षेत्रमा थप योगदान पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij