काठमाडौं । मकवानपुरमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बकैया गाउँपालिका- १ रजुवा बस्ने ६२ वर्षीय प्रेमबहादुर ध्यावा छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रेमबहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।