सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई रास्वपाले पठायो इमेल

सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई रास्वपाले पठायो इमेल

शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई रास्वपाले  पठायो इमेल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई पत्र पठाएको छ ।

    रास्वपाका सहमहामन्त्री विपिन आचार्यले सामाजिक सञ्जाल कम्पनी (मेटा, गुगल) र नेपालबीच दर्ता सम्बन्धी संवाद सुरु गर्न पहलको लागि पत्र पठाएको प्रवक्ता मनिष झाले बताए ।

     

    रास्वपाले मेटासँग नेपाल सरकारको निर्देशन अनुसार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई नेपालमा दर्ता चालिएका कदम, दर्ता प्रक्रियामा देखिएका कानुनी चुनौतीलगायतको विषयमा जिज्ञासा पत्र पठाएको हो ।

    सरकारले नेपालमा सूचीकरण नभएका २६ सामाजिक सञ्जाल बन्द गरेको छ। रास्वपाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij