पाल्पामा स्क्रब टाइफसबाट १२ वर्षीया बालिकाको मृत्यु

पाल्पामा स्क्रब टाइफसबाट १२ वर्षीया बालिकाको मृत्यु

मंगलवार, भाद्र १० २०८२
मंगलवार, भाद्र १० २०८२
  • पाल्पामा स्क्रब टाइफसबाट १२ वर्षीया बालिकाको मृत्यु

    काठमाडौं । पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी १२ वर्षीया अस्मिता कुमालको ज्यान गएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएकाे छ ।

    स्थानीय वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत अस्मिताको गुल्मीको रिडी प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको थियो । लगातार ज्वरो, टाउको, गर्धन र घाँटी वरिपरि पसिना, बिमिरा आउनेलगायतका समस्या भएपछि उपचारका लागि लगिएको मृतकका परिवारले जनाएका छन् ।

    रैनादेवी छहरामा गएको साउनदेखि अहिलेसम्म ४८ जनामा स्क्रब टाइफस र १० जनामा डेङ्गीकाे पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij