राज्य व्यवस्था समितिको सभापतिका लागि आज मनोनयन दर्ता

राज्य व्यवस्था समितिको सभापतिका लागि आज मनोनयन दर्ता

मंगलवार, भाद्र १० २०८२
मंगलवार, भाद्र १० २०८२
  • राज्य व्यवस्था समितिको सभापतिका लागि आज मनोनयन दर्ता

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन प्रक्रियाअन्तर्गत आज उम्मेदवारी दर्ता हुने भएको छ ।

    समितिको सभापतिमा निर्वाचित हुन कुनै सदस्यले अर्को सदस्यको समर्थनसहित मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था छ । मनोनयन दर्ता आज दिउँसो १ बजेदेखि ४ बजेसम्म खुला हुनेछ भने त्यसपछि सवा ४ बजे उम्मेदवारहरूको सूची सार्वजनिक गरिनेछ । सभापति भोलि चयन गरिने तालिका छ ।

    यो पद साउन २८ गतेदेखि रिक्त छ । तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि पद खाली भएको हो । निजामती विधेयकमा राखिएको कुलिङ पिरियडबारे गरिएको फेरबदलमा छानबिन गर्न गठित जीवन परियार समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई नैतिक जिम्मेवार ठहर गरेपछि खतिवडाले राजीनामा दिएका थिए ।

    सभापतिमा एक मात्र उम्मेदवारी परे सर्वसम्मत रूपमा चयन हुनेछ । सत्तापक्षले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ भने प्रतिपक्षले भने अझै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij