पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

शनिवार, भाद्र ७ २०८२
शनिवार, भाद्र ७ २०८२
  • पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

    मकवानपुर । त्रिभुवनराजपथको हेटौंडा-काठमाडौं खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा पहिरो गएर अवरुद्ध बनेको सडक आज सञ्चालनमा आएको छ । ठूलाठूला डोजरको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    यसैगरी हेटाैंडा-काठमाडौं खण्डको कान्तिलोकपथको भिमफेदी गाउँपालिका-८ भर्‍याङडाँडामा हिजो गएको पहिरोले सडक अवरुद्ध भएकामा आज दिउँसो सो पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij