अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

शनिवार, भाद्र ७ २०८२
शनिवार, भाद्र ७ २०८२
  • अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

    काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान साढे ६ बजेतिर इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी नै अवरुद्ध थियो ।

    झन्डै डेढ घण्टा अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा दुईतर्फी नै खुलेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

    रोकिएका गाडी र यात्रु गन्तब्यतर्फ लागेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरोका कारण पटक–पटक समस्या हुने गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij