वर्षासँगै पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

वर्षासँगै पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

शनिवार, भाद्र ७ २०८२
शनिवार, भाद्र ७ २०८२
  • वर्षासँगै पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

    बागमती । वर्षासँगै पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीका दुई वटा सडक सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । 

    कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका-८ भर्लेडाँडामा आज दिउँसो वर्षाका कारण ढुङ्गा माटोसहितको पहिरो खस्दा उक्त खण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

    यसैगरी वर्षासँगै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-बागझुरामा गिट्टी बालुवासहित भलपानी झर्दा सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । अवरुद्ध दुवै सडकबाट पहिरो पन्छाउन सडक विभागसँगको पहलमा प्रयास भइरहेको उनले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij