रास्वपा नेता हरिप्रसाद कँडेल पक्राउ

रास्वपा नेता हरिप्रसाद कँडेल पक्राउ

शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • रास्वपा नेता हरिप्रसाद कँडेल पक्राउ

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । कँडेललाइ नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    चितवनको कालिका नगरपालिका( ५ पदमपुरका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो । उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हुन् ।

    रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको छ । उनलाई नक्कली प्रमाणपत्र बनाउने कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    यसअघि साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए ।

    यादवसँग विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली प्रमाणपत्र र ती बनाउन प्रयोग हुने सामग्री बरामद भएको थियो । यादवको बयानका आधारमा कँडेल पक्राउ परेका हुन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij