काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम प्रक्रिया अगाडि बढेको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा महर्जनको पोस्टमार्टम केही बेरमा सुरु हुने भएको छ । गत १५ गतेको प्रदर्शनका क्रममा उनको मृत्यु भएको थियो ।
साँझसम्ममा पोस्टमार्टम रिर्पोटसहित परिवारलाई शव जिम्मा लगाउने अस्पतालको तयारी रहेको छ ।
रिर्पोटिङको क्रममा आगोलले जलेर मृत्यु भएका फोटा पत्रकार सुरेश रजक भने पोस्टमार्टम गर्न केही दिन लाग्ने छ । अस्पतालमा एक्सरे मेसिन उपकरण बिग्रिएको कारणले रजतको पोस्टमार्टम गर्न ढिलाइ भएको हो ।