काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ । कलंकीमा रहेको बिजुलीको पोलमा आगलागी भएको हो ।
बिजुलीको पोलमा आगलागी हुँदा त्यस क्षेत्रमा आवगमन समेत प्रभावित भएको छ । बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाइएको छ ।
आगो निभाउनका लागि दमकल घटनास्थल तर्फ गइसकेको छ ।