काठमाडौं । राजधानीको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सितादेवी राई रहेका छन् । सोमबार प्रहरीले विष्णुजंग बस्नेत, सितादेवी राई, देवी संग्रौलालाई पक्राउ गरेको थियो ।
शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु र दर्जनौँ घाइते र तोडफोडका घटना भएका थिए ।
यससँगै उक्त घटनामा हाल ६२ जना प्रहरी हिरासतमा छन् ।