३५ किलो गाँजासहित एक जना पक्राउ

३५ किलो गाँजासहित एक जना पक्राउ

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • ३५ किलो गाँजासहित एक जना पक्राउ

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ३५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 

    कटारी नगरपालिका–४ खानेपानी ट्याङ्की नजिकबाट ३५.८५० किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित सोही नगरपालिका–५ का २९ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो । 

    उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको आहालेबाट कटारी बजार तर्फ जाँदै गरेको प्रदेश २९०१००१ ह ११२६ नम्बरको अटोमा बोरामा पोको पारेर लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा नियन्त्रणमा लिइएको हो । 

     श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij