काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको निधनमा संसद्बाट शोक प्रस्ताव पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन आज विहान काठमाडौंको ओम अस्पतालमा भएको हो ।
सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए। उनी ‘पोस्ट कोभिड’ का कारण उनको घाँटीमा समस्या देखिँदा बोल्न सक्दैनथे। उनको दुई छोरा छन् भने छोरीको गत फागुनमा निधन भएको थियो।
उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए।