राप्रपा सांसद दीपक बोहराको शव आज भैरहवा लगिंदै

राप्रपा सांसद दीपक बोहराको शव आज भैरहवा लगिंदै

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • राप्रपा सांसद दीपक बोहराको शव आज भैरहवा लगिंदै

    काठमाडौं । राप्रपा सांसद दीपक बोहराको शव आज भैरहवा लैजाने भएको छ । राप्रपाका नेता प्रदिप कुमार उपाध्यका अनुसार उनको पार्थिक शरीर आज भैरहवा लैजाने भएको हो ।

    फेरि उनको पार्थिक शरीर भोलि काठमाडौं ल्याएर अन्तिम संस्कार काठमाडौंको पशुपतिमा गरिने उपाध्यले बताए । प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन आज विहान  काठमाडौंको ओम अस्पतालमा भएको हो । 

    सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए। उनी ‘पोस्ट कोभिड’ का कारण उनको घाँटीमा समस्या देखिँदा बोल्न सक्दैनथे। उनको दुई छोरा छन् भने छोरीको गत फागुनमा निधन भएको थियो।

    उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए।

    पञ्चायतकालमै राज्य र सहायकसहित ५ पटक मन्त्री बनेका उनी गणतन्त्रमा पनि कुल ४ पटक मन्त्री बनेका थिए । उनी २०३८ सालमा पर्यटन राज्यमन्त्री बने, सोही वर्ष पर्यटन सहायकमन्त्री बनेका थिए । यसैगरी २०४० सालमा पर्यटन राज्यमन्त्री, २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री तथा २०४४ सालमा निर्माण तथा यातायातमन्त्री बनेका थिए । 

    यस्तै उनी गणतन्त्रपछि २०६७ सालमा बन तथा भूसंरक्षण मन्त्री बने भने केपी ओली नेतृत्वको सरकारका पालामा २०७२ सालमा श्रम तथा रोजगार मन्त्री, २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा आपूर्तिमन्त्री र शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए । उनी कुल ९ पटक मन्त्री बनेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij