काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ। राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा मंगलबार निधन भएको हो ।
उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए।
सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए। उनी 'पोस्ट कोभिड' का कारण उनको घाँटीमा समस्या देखिँदा बोल्न सक्दैनथे। उनको दुई छोरा छन् भने छोरीको गत फागुनमा निधन भएको थियो।