प्रधानमन्त्री ओलीले गरे दमक भ्यु टावरको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे दमक भ्यु टावरको उद्घाटन

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • प्रधानमन्त्री ओलीले गरे दमक भ्यु टावरको उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका वडा नम्बर ३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन्।

    आइतबार कम्प्लेक्स परिसरमा आयोजित कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले टावरको उद्घाटन गरेका हुन्।निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यु टावरको उद्घाटन ओलीले गरेका हुन्।

    प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए । विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।

    मुख्य बजार क्षेत्रबाट ४ किलोमिटर दूरीमा रहेको उक्त १८ तले कम्प्लेक्स १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनाइएको हो। चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।

    उद्घाटनमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए। यस दमक व्यापारिक कम्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, र कर्पोरेट कार्यक्रम एकै स्थानमा समायोजन गर्ने गरी डिजाइन गरिएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ।

    यो टावर परिसरलाई पैदल मार्ग प्रवेश एवेन्यू, प्रवेश प्लाजा, टावर, मनोरञ्जनात्मक बगैंचा, बालबालिका खेल क्षेत्र र वनस्पति बगैचामा छुट्टयाइएको छ। 

    १५,६११ वर्ग मिटरमा फैलिएको दमक व्यापारिक कम्लेक्समा बेसमेन्ट, ग्राउन्ड फ्लोर, सहित १८ तल्लाहरू छन्, जसमाथि स्टीलको २८ मिटर टावरले कुल १०० मिटरको उचाइमा पुर्‍याउने मन्त्रालयको भनाइ छ।

    भवन विश्वविख्यात वास्तुकार र शहरी योजनाकार लु कोबिजियको वास्तुकलामा स्मारकत्वको अवधारणाबाट अभिप्रेरित भएर सुरूवात गरिएको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij