घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्गमा दुईतर्फी यातायात नियमित

घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्गमा दुईतर्फी यातायात नियमित

सोमवार, कार्तिक २३ २०८३
सोमवार, कार्तिक २३ २०८३
  • घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्गमा दुईतर्फी यातायात नियमित
    चितवन । घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको थियो । 
     
    पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो व्यबस्थापन गरी दिउँसो १ः३० बजेबाट यातायात सेवा सुचारु गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रले १ः२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको जानकारी दिए । 
     
    मुग्लिन र धादिङ तर्फबाट छ वडा, लोडर, एक्साभेटर, जेसीबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो । उक्त स्थानमा आइतबार पनि सुख्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो । गए राति १ बजे पुनः खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको हो । 
     
    पहिरो खसेको ठाउँ मुग्लिनबाट तीन किलोमिटर काठमाडौंतर्फ पर्दछ । सडक सञ्चालनमा आएसँगै लाइनमा रहेका सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij