विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं । विराटनगरमा ट्रकको ठक्करबाट आइतबार दिउँसो पैदलयात्रीको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले विराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कनजिकै पैदलयात्रीलाई दिउँसो ४:१० बजेतिर ठक्कर दिएको हो । 

    बाटो क्रस गर्दै गरेका बेला ट्रकले ठक्कर दिँदा मोरङको कानेपोखरी गाउँपालिका घर भएका अन्दाजी २६ वर्षीय माने भनिने मानबहादुर लिम्बू गम्भीर घाइते भएका थिए ।  

    उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ दिउँसो ४:३५ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको जानकारी डीएसपी जोशीले बताए ।  शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । दुर्घटनलगत्तै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । ट्रकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जोशीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij