बाजुरा सदरमुकाम मार्तडीमा जिप दुर्घटना, २ जनाको मृत्यु

बाजुरा सदरमुकाम मार्तडीमा जिप दुर्घटना, २ जनाको मृत्यु

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • बाजुरा सदरमुकाम मार्तडीमा जिप दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । बाजुरा सदरमुकाम मार्तडीमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कञ्चनपुर घर भएकी ३१ वर्षीया गायत्री पन्त र भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको मृत्यु भएको हो । 

    पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन् ।

    घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । आइततबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको जिप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो । जिप कोल्टीदेखि मार्तडी गइरहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij